‘मिटरब्याजी’ गणेश उप्रेती १९ करोडको चेकसहित काठमाडौंको चावहिलबाट पक्राउ

‘मिटरब्याजी’ गणेश उप्रेती १९ करोडको चेकसहित काठमाडौंको चावहिलबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ साउन २०७८
  • 9.8K
    Shares

‘मिटरब्याजी’ गणेश उप्रेती

चर्को मिटर ब्याजमा पैसा दिएको आरोपमा प्रहरीले काठमाडौंको चावहिलबाट एक जनालाई पक्राउ गरेको छ ।

दोलखाको साविक मेलुङ गाविस वडा नम्बर १ घर भई ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई १९ करोडभन्दा बढीको चेकसहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

उप्रेतीलाई खोजी गर्ने क्रममा शुक्रबार काठमाडौंको चावहिल मित्रपार्कस्थित दृशान्त अटोमोबाइल्सबाट पक्राउ गरेको व्यूरोका उपनिर्देशक श्यामकुमार महतोले जानकारी दिए । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरेको उनले बताए । उप्रेतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमी बस्ने प्रकाश कार्की र काठमाडौंको कोटेश्वर बस्ने हेमराज गुमाजुलाई व्यक्तिगत कामका लागि उप्रेतीले चर्को मिटर ब्याजमा पैसा दिएको प्रहरीको भनाइ छ । उप्रेतीले पटक–पटक गरी कार्कीबाट चार करोड १६ लाख र गुभाजुबाट चार करोड १४ लाख रुपैयाँ रकमका चेकहरु लिई सो वापतको रकम नदिए ज्यान लिने धम्की दिएको पीडितहरुले जाहेरी दिएका थिए । उप्रेतीले अन्य व्यक्तिलाई पनि चर्को मिटर ब्याजमा रकम दिने गरेको बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया