निर्मात्री एवं नायिका जेनी कुँवरले गरिन् आ’त्मह’त्या

निर्मात्री एवं नायिका जेनी कुँवरले गरिन् आ’त्मह’त्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ असार २०७८
  • 6.5K
    Shares

निर्मात्री एवं नायिका जेनी कुँव

निर्मात्री एवं नायिका जेनी कुँवरले आ’त्मह’त्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले झु’न्डिएर आ’त्मह’त्या गरेको प्र’हरीले जनाएको छ ।

महानगरी’य प्र’हरी वृत्त बानेश्वरका प्रहरी निरि’क्षक केशर न्यौपानेका अनु’सार उनको श’व सोही अपार्टमेन्टभित्र भेटिएको हो । प्रार’म्भिक अनु’सन्धानमा उनले आ’त्मह’त्या गरेको खुलेको प्र’हरीले जानकारी दिएको छ ।  प्र’हरीका अनु’सार, जेनीको ‘सुसा’इड नोट समेत भेटिएको छ ।  प्रहरीले श’वलाई पो’स्टमार्टमका लागि शि’क्षण अस्पताल पठाएको छ ।

प्रहरीले आ’त्मह’त्याको कारण डि’प्रेशन हुनसक्ने आशं’का गरेको छ । जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफ’डा समेत भएको थियो । पछिल्लो समय साधु बनेर पशुपति मन्दिर परिसरमा बस्दै आएकी जेनी युट्युबमा दिएको अन्तरर्वार्ताको कारण विवा’दमा पनि आएकी थिइन् ।

कथानक चलचित्र जिन्दगानी’ नामक फिल्मबाट अभिनय सुरु गरेकी जेनीले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्रलगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनी घायल नामक चलचित्रको निर्माता समेत हुन् ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

प्रतिक्रिया