अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा दिइएपछि बोकासहित युवाहरूले प्रदर्शन गरे

अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा दिइएपछि बोकासहित युवाहरूले प्रदर्शन गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 6K
    Shares

मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरणः बोकासहित युवाहरूको प्रदर्शन

अष्ट्रेलियाबाट आयात गरिएको ‘फूल ब्लड’ बोयर जातको बोका भनेर नवलपरासीबाट ल्याइएका बोका दिइएपछि त्यसको बिरोधामा युवाहरुले मोरङमा बोकासहित प्रदर्शनमा उत्रिएका छन्।

मोरङको बेलबारी नगरपालिकाले वितरण गरेको ९२ वटा बोयर जातका बाख्रा नवलपरासीबाट ल्याइएको भन्दै मोरङका युवाहरुले आफुलाई अनुदानमा प्राप्त बोकासहित प्रदर्शनमा उत्रिएका हुन्।

बेलबारी नगरपालिका जेठ १५ गते एक कार्यक्रमको आयोजना गरी ४४ वटा फर्म र केही किसानलाई ९२ वटा बोयर जातको बाख्रा वितरण गरेको थियो  । बेलबारीका सचेत युवाहरूको समूहले सोमबार मध्यान्ह नगरपालिकाको गेटमा  आफुलाई अनुदानमा उपलब्ध बाख्रा सहित प्रदर्शन गरे।

उनीहरुले किसानहरूलाई अस्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लड बोयर जातको बाख्रा वितरण गरेको भन्दै नगरपालिकाले किसानहरूको आँखामा छारो हालेको र एक करोड बढी नगरपालिकाले भ्रष्टाचार गरेको आरोप लगाएका छन्।  प्रदर्शनका क्रममा ती युवाहरुले बोकाको कानमा भ्रस्टाचार बिरोधी नारा लेखिएको प्ले कार्ड झुन्डाइ दिएका थिए। ती प्ले कार्डहरुमा हामी विदेशी बोका होइनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न, हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेईज्जत नहोस्, लगायतका दर्जनौ नाराहरू लेखिएका थिएन।

युवाहरूको समूहले आइतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी समेत गरेका छन् ।

प्रतिक्रिया