पुर्व युवराज पारससंग नाम जोडिएर चर्चा कमाएकी युट्युबर सोनिका रोकाय बझाङमा अर्कै युवासंग मस्त ! (भिडियोसहित)

पुर्व युवराज पारससंग नाम जोडिएर चर्चा कमाएकी युट्युबर सोनिका रोकाय बझाङमा अर्कै युवासंग मस्त ! (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 7.3K
    Shares

पुर्व युवराज पारस शाहसंग सम्बन्ध रहेको भनेर ब्यापक चर्चा पाएका चर्चित युट्युबर सोनिका रोकाय अर्का एक युवासंग नदीमा पौडि खेलेर मस्ती गरेको भिडियो सार्वजनिक भएको छ।

त्यस्तो भिडियो अरुले नभई सोनीका रोकाय स्वयम्ले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन।  त्यस भिडियोमा देखिएको दृश्य अनुसार,उनीसँग अर्का एक युवा पनि मस्ती गरिरहेका देखिन्छन् । ती युवालाई उनले आदित्य भनेर चिनाएकी छिन् । उक्त भिडियोमा आदित्यसँग उनले पानी भित्र र बाहिर मस्ती गरिरहेको देख्न सकिन्छ । उनले भिडियोमा ती युवासंगको सम्बन्धका बारेमा केही खुलाएकी भने छैनन्।

सोनिकाले उक्त भिडियो आफ्नै बझाङस्थित गाउँको रहेको बताएकी छिन् । उनले भिडियो देखिएका अन्य युवा युवती र बालबालिका रोकाय फ्यामिलीको भएको बताएकी छिन् ।

काठमाडौका सडकमा वाउ नेपाल भन्दै दुई अर्थी शब्द दिने कुरा गर्दै हिड्ने सोनिका रोकाय पछिल्लो समय भने पुरै परिवर्तन भएकी छन् । उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । उनी पहिलो लकडाउन सुरु हुनासाथ आफ्नो गृहजिल्ला बझाङ पुगेकी थिइन् ।

कलाकार, युट्युवर रोकाय अहिले आफ्नो जन्मथलो बझाङवाट अनौठा भिडियो सार्वजनिक गरिरहेकी छन् । कोरोनाको जोखिम बढेसंगै मुलुकभर जारी भएको लकडाउनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै गाउँले परिवेशका भिडियो सार्वजनिक गर्दै छन् ।

प्रतिक्रिया