पछि’ल्लो २४ घन्टामा कास्की जिल्लामा चार जनाको को’रोना संक्र’मणबाट नि’धन भएको छ भने एकसय ५१ जना न’याँ संक्र’मित थपिएका छन् । कास्की जिल्लामा नि’धन भएका चारै जना पोखरा महानगरपालिका भि’त्रका रहेका छन्।
गण्डकी प्र’देश स्वा’स्थ्य निर्देश’नालय पोखराले दिएको जान’कारी अनुसार, पोखरा- ७ का ८५ वर्षी’य बृद्ध, वडा नम्बर १२ का ३२ वर्षी’य युवक, वडा नम्बर १५ का ५८ वर्षी’य पुरुष र वडा नम्बर १७ का २९ वर्षी’य युवकको को’रोना संक्र’मणका कारण पछि’ल्लो २४ घन्टामा नि’धन भएको छ। आज गण्डकी प्र’देशमै सबैभन्दा धेरै कास्की जिल्लामा भेटिएका संक्र’मितमध्ये सबैभन्दा धेरै कास्कीका एकसय ५१ जना छन् । ती मध्ये ९४ जना महिला र ५७ जना पुरुष रहेको निर्देश’नालयले जनाएको छ।
प्रा’प्त जान’कारी अनुसार, गण्डकी प्र’देशमा को’रोना संक्र’मणबाट कास्कीका चारसहित थप १३ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्याङ्जाका तीन जना, तनहूँका दुई जना, गोरखाका दुई जना र लमजुङका दुई जना रहेको बताइएको छ।
योसहित गण्डकी प्र’देशमा को’रोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या सातसय सात जना पुगेको छ ।
यसैबीच गण्डकीमा पछि’ल्लो २४ घण्टामा कास्कीका एकसय ५१ सहित आठ सय ३८ जना को’रोना संक्र’मित थपिएका छन् । जसमा महिला चारसय १५ र पुरुष चारसय २३ जना छन् । योसहित गण्डकीमा कूल संक्र’मितको संख्या ४३ हजार आठसय ३५ जना पुगेको छ ।