लोकमानसिंहले सरकारी निवास छाडे

लोकमानसिंहले सरकारी निवास छाडे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ पुष २०७३
  • 6.7K
    Shares

 काठमाडौं, २८ पुस ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार अपरान्ह सरकारी निवास छाडेका छन् । लोकमानको परिवार अपरान्ह सरकारी निबासबाट बाहिरिएका हुन् ।

उनी अख्तियारको सवारीसाधन त्यही छाडेर निजी गाडीमा बाहिरिएका छन् । उनको सुरक्षाका लागि सई उत्तम भण्डारी नेतृत्वको प्रहरी टोलीसहितको पछुवा गाडी भने उनीसँग गएको छ ।

सर्वोच्च अदालतले उनको नियुक्ति नै बदर गरेपछि कार्की पदमुक्त भएका थिए ।

प्रतिक्रिया