युवाको मृ’त्युपछि राउटे समु’दायले ब’स्ती छा’डे

युवाको मृ’त्युपछि राउटे समु’दायले ब’स्ती छा’डे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ जेष्ठ २०७८
  • 8.1K
    Shares

राउटेहरुको कोविद-१९ परीक्षण

आफ्नो समु’दायको एक युवाको मृ’त्यु भएपछि लो’पोन्मुख समु’दायका राउटेहरुले सुर्खेतस्थित ब’स्ती छा’डेका छन्।

सुर्खेतको गुर्भाकोट वडा नम्वर १० मा बस्दै आएका राउटे समु’दायका युवा शिवराज शाहीको मृ’त्युपछि उनीहरुले शुक्रबार ब’स्ती नै छा’डेका हुन् । उनीहरु अहिले गुर्भाकोट नगरपालिका – ११ आप’सोतीमा ब’साइ सरेका प्राप्त समाचारमा जनाइएको छ। राउटे समु’दायमा कसैको मृ’त्यु भएमा ब’साई स’र्ने च’लन रहेको छ ।

त्यस  समु’दायमा कार्य’रत अहेव तिलक विसीले दिएको जान’कारी अनुसार, अत्य’धि’क मदि’रा से’वन गर्ने ती युवाले केही दिन अघिदेखि छाती दु’खेको बताउदै आएका थिए।  ‘राउटे समु’दायका युवा शिवराजले मदि’रा से’वन गरिरहन्थे।  केही दिनअघि छाती दु’खेको भनेका थिए’ अहेव विसीले भने, ‘ए’क्का’सी उनको मृ’त्यु भयो । सायद मुटुको सम’स्याले पनि उनको मृ’त्यु भएको हुन’सक्छ ।’

राउटे युवाको मृ’त्युपछि दैलेखको गुराँस गाउँपालिकाले उ’क्त समु’दायमा को’भिड परी’क्षण पनि गराएको छ । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले एक सय ४६ जनाको नै पी’सी’आर रि’पोर्ट ने’गे’टिभ आएको बताए । यस्तै, सामा’जिक सेवा केन्द्र (सोसेक) को आ’र्थिक सह’योग र गाउँपालिकाको सम’न्वयमा उनीहरुलाई  खा’द्यान्न वित’रण पनि भएको छ । त्यसैगरी संस्थाले राउटे ब’स्तीमा स्वास्थ्यकर्मी र शिक्षकसमेत परि’चालन गरेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया