को’रोना संक्र’मणकाकारण चर्चित संस्कृतिक’र्मी एबम चलचित्रक’र्मी चेतन कार्कीको नि’धन

को’रोना संक्र’मणकाकारण चर्चित संस्कृतिक’र्मी एबम चलचित्रक’र्मी चेतन कार्कीको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ जेष्ठ २०७८
  • 5.3K
    Shares

चेतन कार्की

चर्चित संस्कृतिकर्मी एबम चलचित्रकर्मी चेतन कार्कीको आइतबार बिहान १०: ५०बजे  काठमाडौंको आर्मी अस्पतालमा ८३ वर्षको उमेरमा नि’धन भएको छ । कार्कीको को’रोना भाइ’रस संक्र’मणका कारण नि’धन भएको हो ।

को’रोना भाइ’रस संक्र’मण पु’ष्टि भएपछी गत सोमबार राती उनलाई अस्पताल भ’र्ना गरि’एको थियो । स्वर्गीय कार्कीको अन्त्यो’स्टी आइतबार दिउँसो २ बजे गरिने बता’इएको छ । उनका श्रीमती र दुई छोरा छन् ।

स्वर्गीय कार्की पटकथाकार र गीतकारका रुपमा पनि स्थापित थिए । १९९५ मा स्याङ्जामा जन्मिएका कार्की नेपाली फिल्म र कलाको इतिहासका ज्ञाताका रुपमा चिनिन्थे ।

कार्कीले ‘विश्वास’, ‘भूमरी’ र ‘पहिलो प्रेम’ निर्देशन गरेका गरेका थिए । फिल्म ‘कान्छी’को ‘कान्छी हे कान्छी’, ‘यी ओठ तिम्रा’, ‘माया पिरती’को ‘माया पिरतीको चोखो कथा’, ‘परिवर्तन’को ‘बैनीको दया छ भने…’ गीत कार्कीले लेखेका थिए ।

उनले लेखेको फिल्म गीत ‘तीजको लहर आयो बरिलै’ फिल्मको सबभन्दा चलेको सदाबहार गीत भएको चलचित्रकर्मी एबम पत्रकार  प्रकाश सायमी बताउँछन् ।

निर्देशक एवं गीतकार यादव खरेलले कार्की आफ्नो समका’नीन साथी भएको फेसबुकको पो’स्टमा उल्ले’ख गरेका छन् । ‘मेरो समकालीन साथी चेतन कार्कीको दु:’खद नि’धनप्रति हा’र्दिक संवेदना । हामीले शाही नेपाली चलचित्र संस्था’नमा सँगै काम गरेका थियौं । उनको आ’त्माले शा’न्ति पाओस् ।’

प्रतिक्रिया