एमालेका पोलिटब्युरो सदस्य एबम बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको को’रोना संक्र’मणबाट नि’धन भएको छ । नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ नि’धन भएको हो ।
चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई को’रोना संक्र’मण भएको जानकारी दिएका थिए । केही दिन होम आइसोलेस’नमा बसेका उनी स्वास्थ्यमा थप जटि’लता देखिएपछि अस्पताल भर्ना भएका थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले नेताले चौलागाईंको नि’धनको पु’ष्टि गर्दै श्रद्धा’ञ्जली व्यक्त गरेका छन् ।
‘दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित नेता चौलागाई २०५६ सालको निर्वाचनमा प्रतिनिधि सभामा दोलखा १ बाट निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबे’दार मानिएका थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभाव’शाली नेतामा गनिन्थे ।