पछिल्लाे २४ घण्टामा पाेखराकाे अस्पतालहरुमा उपचाररत १० जना र १ जनाकाे हाेम आइसो’लेसनमा गरी थप ११ जना को’रोना संक्र’मितहरुकाे नि’धन भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार, रुपन्देही जिल्लाकाे बुटवल नगरपालिका–११ का ५५ वर्षीया महिलाकाे हिजाे राति मणिपाल शिक्षण अस्पताल पाेखरामा नि’धन भएकाे छ । उनलाई बैशाख २५ गते को’रोना संक्र’मण पु’ष्टि भएको थियो । त्यस्तै सोही अस्पतालमा उपचाररत बैशाख २५ गते को’रोना संक्र’मण पु’ष्टि भएकी म्याग्दी जिल्लाकाे बेनी नगरपालिका–९ का ५२ वर्षीया महिलाकाे हिजाे राति नि’धन भएकाे छ । यसै गरी बैशाख १८ गते को’रोना संक्र’मण पु’ष्टि भएका कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–८ का ६५ वर्षीय पुरुषकाे हिजाे राति मणिपाल शिक्षण अस्पताल पाेखरामा नै उपचारका क्रममा नि’धन भएकाे छ ।
बैशाख २५ गते को’रोना संक्र’मण पु’ष्टि भएका रुपन्देही जिल्लाकाे सैनामैना नगरपालिका–१ का ४० वर्षीया पुरुषकाे आज बिहान चरक मेमाेरियल अस्पताल पाेखरामा नि’धन भएकाे छ । बैशाख १६ गते को’रोना संक्र’मण पु’ष्टि भएका कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–६ की ३२ वर्षीय महिलाकाे हिजाे राति गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा नि’धन भएकाे हाे ।
बैशाख २७ गते को’रोना सं’क्रमण पु’ष्टि भएका कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषकाे हिजाे राति पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा नि’धन भएकाे छ । बैशाख २० गते को’रोना संक्र’मण पु”ष्टि भै सोही अस्पतालमा उपचा’ररत स्याङ्जा जिल्लाकाे भिरकाेट नगरपालिका–१ का ६८ वर्षीय पुरुषकाे पनि हिजाे राति नि’धन भएकाे छ ।
पश्चिमाञ्चल सामुदायिक अस्पताल पाेखरामा उपचा’ररत तनहुँ जिल्लाकाे व्यास नगरपालिका–१ का ५७ वर्षीया महिलाकाे हिजाे बिहान नि’धन भएकाे छ । उनीलाई बैशाख २७ गते को’रोना संक्र’मण पु’ष्टि भएको थियो । पश्चिमाञ्चल सामुदायिक अस्पताल पाेखरामा नै उपचा’ररत कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–१६ का ६० वर्षीया महिलाकाे हिजाे दिउसाे निध’न भएकाे छ । उनलाई बैशाख २७ गते को’रोना संक्र’मण पु’ष्टि भएको थियो ।
कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–६ का ५२ वर्षीया पुरुषकाे हिजाे राति फिस्टेल अस्पताल पाेखरामा नि’धन भएकाे छ । उनलाई बैशाख २२ गते को’रोना संक्र’मण पु’ष्टि भएको थियो ।
बैशाख १९ गते को’रोना संक्र’मण पुष्टि’ भै कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–२१ स्थित आफ्नै घरमा आइसो’लेसनमा बसिरहेका ८० वर्षीया पुरुषकाे हिजाे राति नि’धन भएकाे छ ।
थप ११ जनासहित गण्डकी प्रदेशमा को’रोना संक्रम’णका कारण नि’धन हुनेको संख्या दुईसय ८७ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।