बिगत २४ घन्टामा काठमाण्डौ उपत्यकामा को’रोना संक्र’मितको संख्या घटेका छन् भने देशभरी को’रोना संक्र’मणबाट मृत्यु हुनेको संख्या झन्डै झन्डै दोब्बरले बढेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै तीन हजार छसय सात जना को’रोना संक्र’मित थपि’एका छन् । जसमा काठमाडौंका दुई हजार सातसय ७५, ललितपुरका पाँच सय पाँच र भक्तपुरका तीनसय २७ जना छन् । यसअघि आइतबार उपत्यकाका तीन जिल्लामा चारहजार एकसय ९८ जना संक्र’मित भेटिएका थिए । जसमा काठमाडौंका तीनहजार एकसय ६१, ललितपुरका पाँच सय ३३ र भक्तपुरका पाँच सय चार जना थिए ।
पछिल्लो २४ घण्टामा को’रोना भाइ’रसका मुलुकभर नौहजार दुईसय ७१ जना संक्र’मित थपिएका छन् । १७ हजार छसय २३ जनाको पीसीआर परी’क्षण र सातसय ८८ जनाको एन्टिजेन परी’क्षणमा यो संख्यामा संक्र’मित भेटिएका हुन् । तीमध्ये छहजार सातसय १५ जना संस्थागत आइसो’लेसनमा र ५६ हजार चारसय २६ जना होम आइसोले’सनमा रहेका छन् । हाल आईसीयूमा नौसय १० जना र दुईसय ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, को’रोना भाइ’रस संक्र’मणबाट पछिल्लो २४ घन्टामा थप एकसय ३९ जनाको मृ’त्यु भएको छ । अघिल्लो दिन देशभर सोही अवधीमा ८८ जना संक्र’मितको मृ’त्युको भएको थियो ।