ढिकुरपोखरी गाबिसको बजेट सार्बजनिक कार्यक्रममा उपस्थित रहेको नेत्र बिक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा (माओबादी) ले मनपरी तबरले योजना तर्जुमा गरिए जनकार्बाही गर्ने घोषणा गरेपछि काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरू कार्यक्रमस्थल छोडेर भागभाग गरेका छन् भने राजनीतिक भागबन्डाका आधारमा जनतालाई थाहै नदिई गाउँ परिषद गरेर बार्षिक योजना तर्जुमा गरेको भन्दै कास्की जिल्लाको ढिकुरपोखरी गाबिसका जनताको सहयोगमा माओबादीले ढिकुरपोखरि गाबिसको कार्यालयमा तालाबन्दी गरेको छ l
बजेट सार्बजनिक कार्यक्रममा उपस्थित ढिकुरपोखरी गाबिसको वडा नम्बर ३ र ९ का जनाताले “आफुहरु भौगोलिक दृष्टिले दुर्गमस्थलमा रहनुपरेको भएपनि त्यहाँको बाटोघाटो लगायतका बिकास निर्माणका लागि गाविसले कुनैध्यान नदिएको” भन्दै बिरोध गरेका थिए भने दलीय भागबण्डा र असमानुपातिक बजेका बिरुद्ध चर्को नाराबाजी गरेका थिए l
पिडित जनताको आवाजलाई बेवास्ता गर्दै बजेट सार्बजनिक गर्न लागिएपछी पिडित जनताको अनुरोधमा ने क पा (माओवादी ) ईलाका न १० का इन्चार्ज “परिबर्तन” ले माइक खोसेर पिडित जनताको आबाज नसुनी केही टाँठाबाठाको इशारामा बजेट घोषणा गरिए “जनकारबाही” गर्ने घोषणा गरेका थिए l उनको घोषणा संगै काङ्ग्रेस ,एमाले र माओवादी केन्द्र का प्रमुख नेताहरू कार्यक्रम स्थल छोडेर भागभाग गरेका थिए भने गाबिस कार्यालयमा तालाबन्दी गरिएको छ l
जनताको असन्तुस्टीका कारण ढिकुरपोखरी गाबिसको बजेट सार्बजनिक कार्यक्रम स्थगित गरिएको गाबिस सचिब स्थानेस्वर ढुंगानाले जानकारी दिएका छन् l उनले असन्तुस्ट र पिडित जनताको जायज जनताको मागलाई बजेटमा समाबेश गरिने जनसंचार डट कमलाई जानकारी दिएका छन् l उनले भने “ढिकुरपोखरी गाबिसको वडा नम्बर ३ र ९ स्थित ठुलाचौरका जनता बिकट ठाउँमा बस्छन l उनीहरुको बाटो निर्माण गरिनुपर्ने माग जायज छ l


