सरकारले को’रोना भा’इरस संक्र’मित सांसदलाई वैशाख २७ गते सोमवार आह्वान गरेको प्रतिनिधिसभाको वि’शेष अधिवेशनमा वि’श्वासको मत लिने प्र’क्रियाका लागि छुट्टै मतदानस्थलको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको आकस्मिक मन्त्रपिरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमवार आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रम ओलीले वि’श्वासको मत लिने कार्यक्रम रहेको छ।
सरकारले बि’स्वासको मत लिनुभन्दा अघि संघीय सांसद र संसद सचिबालयका कर्मचारीहरुको स्वा’ब संकलन गरेर को’रोना संक्र’मण परि’क्षण गरेको छ। आज शनिवार साँझसम्म प्राप्त को’रोना संक्र’मण परि’क्षण नतिजामा २६ जना सांसदमा को’रोना संक्र’मण देखिएको छ भने ५० जनाको अझै रिपोर्ट आउन बाँकी रहेको छ । आज को’रोना संक्र’मण पुष्टि १९ जना सांसदमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन भने राष्ट्रियसभाका १ जना सांसदमा मात्र संक्र’मण देखिएको छ ।
संसद् सचिवालयमा स्वा’ब संकलन गर्नुअघि नै ८ जना सांसदमा को’रोना संक्र’मण पु’ष्टि भएपछि आइसो’लेसन रहेसँगै संक्र’मित सांसदको कुल संख्या २६ जना पुगेको हो । कोरो’ना संक्र’मित सांसदलाई संसद भवनभित्रै एक ठाउँमा राखेर मतदानको व्यवस्था गर्नेबारे छलफल भएको हो ।