विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) चीन सरकारको स्वामित्वमा रहेको सिनोफार्मले बनाएको को’रोना बि’रुद्धको खोप भेरोसेललाई आप’त्कालीन प्रयोगको अनुमति दिएको छ ।
सिनोफार्मले उत्पादन गरेको को’रोना खोप भेरोसेल चीनमा लाखौं नागरिकलाई लगाइसकिएको छ । त्यस्तै विभिन्न ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई आपत्कालीन प्रयोगको अनुमति दिइसकेका छन् ।
नेपालको औषधि व्यवस्था विभागले भेरोसेललाई फागुन ५ गते आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल सहयोगस्वरुप उपलब्ध गराएको छ ।
बीबीसीका अनुसार डब्लूएचओबाट अनुमति पाउनुभन्दा पहिले नै करिब छ करोड ५० लाख डोज वितरण भइसहेको छ । यूएई, हंगेरी, पाकिस्तान, नेपाललगायत मुलुकले उक्त खोप प्रयोगमा ल्याइसकेका छन् । यो खोप अस्पताल भर्ना भएका र लक्षण देखिएका व्यक्तिमा ७९ प्रतिशतसम्म प्रभावकारी देखिएको पनि डब्लूएचओले बताएको छ । यो खोपलाई दूइ देखि आठ डिग्री सेल्सियसम्मको तापक्रममा सुरक्षित ढंगले भण्डारण गर्न सकिन्छ ।
शुक्रबार डब्लूएचओले उक्त खोप ‘सुरक्षित, प्रभावकारी र गुणस्तरीय’ रहेको जनाएको हो । डब्लूएचओले उक्त खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई दुइ डोज दिन सिफारिस गरेको छ । भेरोसेलले अनुमति पाएसँगै निकट भविष्यमै सिनोभ्याकले बनाएको खोप र रुसको गामालेय इन्स्टिच्युटले बनाएको स्पुतनिक–५ ले पनि अनुमति पाउने आशा गरिएको छ ।
डब्लूएचओले युरोप र अमेरिकाबाहिर उत्पादित को’रोना खोपलाई अनुमति दिएको यो पहिलो पटक हो ।
यसअघि डब्लूएचओले फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्नाले बनाएको को’रोना खोपलाई अनुमति दिएको थियो ।