लोकप्रिय गायक एवं संगीतकार प्रेमध्वज प्रधानको नि’धन

लोकप्रिय गायक एवं संगीतकार प्रेमध्वज प्रधानको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ बैशाख २०७८
  • 5.4K
    Shares

premdhwaj pradhan , प्रेमध्वज प्रधान, janasanchar

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहीबार करिब १ : ४५ बजे काठमाण्डौस्थित न्यूरो अस्पतालमा नि’धन भएको छ । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उपचारका लागि न्यूरो अस्पताल पुर्याइएका प्रधानको अस्पतालमा उपचारको क्रममा नि’धन भएको प्राप्त समाचारमा जनाइएको छ।

१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई को’भिड संक्र’मणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको भतिज मञ्जुकुमारले बताए । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

प्रतिक्रिया