कतार सरकारद्वारा १४ जना नेपालीलाई आममाफी घोषणा

कतार सरकारद्वारा १४ जना नेपालीलाई आममाफी घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ बैशाख २०७८
  • 6.7K
    Shares

कतारमा कार्यरत नेपाली , janasanchar

विभिन्न आरोपमा कतारमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ ।

रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

कतार सरकारको निर्णय जानकारी दिन दोहास्थित नेपाली राजदूतावासद्वारा जारी बिज्ञप्ति

प्रतिक्रिया