त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ बैशाख २०७८
  • 5.9K
    Shares

त्रिभुवन विश्‍वविद्यालय, janasanchar

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

परीक्षा चलिरहेका बेला कोभिड-१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ।

त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको प्रक्रियामा रहेका सम्‍पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्‍चालन नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्‍चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्‍वविद्यालयद्वारा सञ्‍चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ‘

यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो। त्रिविले आइतबारका परीक्षा भने सञ्चालन गरेको थियो।

 

 

 

 

 

 

प्रतिक्रिया