कोरोना संक्रमणका कारण पोखराका तीन सहित गण्डकी प्रदेशमा सोमबार एकै दिन थप चार जनाको ज्यान गएको छ ।
पोखराको मेडिप्लस अस्पतालमा आज दुई जनाको कोरोना सक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पोखराको मेडिप्लस अस्पतालमा मृत्यु हुनेमा पोखरा महानगरपालिका १ की ५५ वर्षिया महिला तथा पोखरा २५ का ९१ वर्षका बृद्ध छन् ।त्यस्तै म्याग्दीकाे रघुगंगा गाँउपालिका– ३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा आज बिहान सवा ३ बजे निधन भएको छ ।
यसै गरी स्याङ्जाकाे वालिङ– १२ का ५८ वर्षीय पुरुषकाे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा आज निधन भएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुईसय १५ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।