एकैदिन २६ सय जनामा कोरोना संक्रमण, १४ को मृत्यु

एकैदिन २६ सय जनामा कोरोना संक्रमण, १४ को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ बैशाख २०७८
  • 15K
    Shares

कोरोनाले तीन जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा शनिबार  थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणकाकारण १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार पांच सय २५ नमूनाको पिसिआर परीक्षण र एकहजार एकसय ४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट दुईहजार चार सय ८६ जना र एन्टिजेन विधिबाट एकसय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये काठमाडौं उपत्यका अन्तरगतको भक्तपुरमा ८७, ललितपुरमा एकसय ४१ र काठमाडौंमा छसय ४४ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।

गत २४ घण्टामा  तीनसय ६८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार एकसय २३ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्यातीनहजार एकसय ३६ पुगेको छ।

प्रतिक्रिया