भारतको गुजरातमा मजदुरी गर्ने एक नेपाली महिलालाई सामुहिक वलात्कार गरी हत्या गरिएको छ।
नेपालको दैलेख जिल्ला घर भएकी २३ वर्षीय प्रतिक्षा गिरीलाई गुजरात राज्यको अहमदावाद शहरअन्तर्गत दानी लिम्दा, बेहरामपुर भन्ने ठाउँमा अपहरण गरेर सामुहिक वलात्कार पछि हत्या गरिएको हो।
बिगत एक वर्षदेखि रोजगारीको सिलसिलामा श्रीमान् र दुई बच्चासहित गुजरातमा वसोवास गर्दै आएकी गिरीको हत्या आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको छ। उनीहरुले गिरीलाई १९ अप्रिलको बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर लागु औषध खुवाएर बारम्बार बलात्कार पश्चात हत्या गरेको प्राप्त समाचारमा जनाइएको छ।
हत्याको अभियोगमा पक्राउ परेका ती तिन जना युवाहरुले हत्या गरेकोे स्वीकार गरेका छन्। प्रतिक्षा गिरीका हत्यारालाई कडाभन्दा कडा सजाय दिनाका निम्ति उक्त स्थानमा रहेको नेपाली समाज र नेपाली संस्कृति परिषदले उक्त घटनाको पूर्ण विवरणसहित दिल्लीमा रहेको नेपाली दूतावासलाई पनि जानकारी दिएका छन्।
१९ अप्रिलको बिहान घरदेखि मजदुरी गर्न निक्लिएकी उनी २० अप्रिलको बिहान राजु भन्ने युवाको घरमा मृत अवस्थामा भेटिएकी थिइन्।