राजस्व अनुसन्‍धान विभागद्वारा १६ जनाविरुद्ध राजस्व छली मुद्दा दर्ता, सवा दुई अर्ब कर छली गरेको आरोप

राजस्व अनुसन्‍धान विभागद्वारा १६ जनाविरुद्ध राजस्व छली मुद्दा दर्ता, सवा दुई अर्ब कर छली गरेको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० बैशाख २०७८
  • 4.7K
    Shares

राजस्व अनुसन्‍धान विभाग, janasanchar

नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने १६ जनाविरुद्ध दुइ अर्ब १९ करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ । राजस्व अनुसन्‍धान विभागले शुक्रबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं. १८ बस्ने अनिलकुमार गुप्ता र काठमाडौं वडा नं. १४ कुलेश्वरमा बस्ने प्रविण कुमार महतोलाई प्रमुख प्रतिवादी बनाइएको छ । उनीहरूको स्थायी ठेगान सर्लाही हो ।

गुप्ता अनिल गुप्ता एण्ड एशोसियटसका सञ्‍चालक हुन् भने महतो अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर हुन् । उनीहरूको कम्पनीसहित १३ फर्म नक्कली भ्याट बिल प्रकरणमा मुछिएका छन् ।

प्रतिक्रिया