कोरोना संक्रमणबाट बुधबार पोखरामा दुई जनाको मृत्यु, ७२ जना नयाँ संक्रमित थपिए

कोरोना संक्रमणबाट बुधबार पोखरामा दुई जनाको मृत्यु, ७२ जना नयाँ संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ बैशाख २०७८
  • 8.4K
    Shares

कोरोनाका कारण मृत्यु

कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । पछिल्लो हप्ता गण्डकीमा दैनिकजसो संक्रमितको मृत्यु हुन थालेको छ । बुधबार पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, बुधबार पोखरामा कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर २९ का ५४ वर्षीय महिला र पोखरा ३३ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

बुधबार मृत्यु भएकी महिलालाई बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए । उनको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

८४ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको हो । उनलाई पनि बैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबारमात्रै कोरोना संक्रमणबाट गोरखा भीमसेन थापा गाउँपालिकाका ७९ वर्षीय एकप पुरुषको होम आइसोलेसनमै मृत्यु भएको थियो ।  त्यस्तै, सोमबार पोखरा १६ का ६५ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । यो सँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय ११ पुगेको छ । जसमध्ये कास्कीकामात्रै एक सय १८ जना छन् ।

बुधबार एकैदिन १ सय ४३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ७८ जना सहित गण्डकी प्रदेशमा एक सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ भने माछापुच्छ्रे गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नयाँ सक्रमितमा बागलुङका ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी स्याङजाका ६ जना, तनहुँका ४ जना, पर्वतका ३ जना र गोरखाका १ जना रहेका छन् ।

योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशभर कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र र लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । संक्रमण पुष्टि हुनेमा कास्कीकामात्रै ७९ जना छन् । बागलुङका ५०, गोरखा १, स्याङजा ६, पर्वत ३ र तनहुँ ४ जना छन् । बागलुङमा मंगलबार एउटा विद्यालयका शिक्षक र विद्यार्थीसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिका १२, १३ र १४ वडामा लकडाउन घोषणा गरिएको छ । १० दिनसम्म निषेधाज्ञा जारी गरिएको उक्त क्षेत्रमा विद्यालयहित बैंक तथा वित्तीय संस्थाहरु पनि पूर्ण रुपमा बन्द गरिएका छन् ।

 

 

 

 

प्रतिक्रिया