बागलुङको जनताधन माविका शिक्षक र बिद्यार्थी समेतका ४२ जनामा कोरोना संक्रमण, नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द

बागलुङको जनताधन माविका शिक्षक र बिद्यार्थी समेतका ४२ जनामा कोरोना संक्रमण, नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ बैशाख २०७८
  • 5.5K
    Shares

janasanchar , जनाताधन मावि बाग्लुं

बागलुङमा एउटा विद्यालयका ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका थप विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण देखिएको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न आग्राह गरिएको छ । शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि आइतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया