कोरोना संक्रमणबाट पोखरामा एक वृद्धको मृत्यु, ४५ जना नयाँ संक्रमित थपिए

कोरोना संक्रमणबाट पोखरामा एक वृद्धको मृत्यु, ४५ जना नयाँ संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ बैशाख २०७८
  • 8K
    Shares

पोखरा महानगरपालिकामा कोरोना संक्रमणबात एक वृद्धको मृत्यु भएको छ भने अन्य थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देसनालायाले दिएको जानकारी अनुसार,  पोखरा महानगरपालिका वडा नम्बर १६ का ६६ वर्षीय वृद्धको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु हो।

उनीसंगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

नेपाल सरकारले गण्डकी प्रदेशको बागलुङ र पोखरासहित १४ वटा जिल्लालाई अतिप्रभावित जिल्ला घोषणा गरेको छ ।

कोरोनाको ‘युके भेरियन्ट’ देखा परेको र फेरि महामारीको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले सोमबार शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । साथै, भिडभाडजन्य क्रियाकलाप हुने क्षेत्रहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

कास्कीको पोखरा महानगरपालिकामा ४५ जना र माछापुच्छ्रे गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै थप संक्रमितमा तनहुँका ६ जना, पर्वत र स्याङजाका ४, ४ जना रहेकाछन् । त्यसैगरी नवलपुरका २ जना र गोरखा, बाग्लुङ, म्याग्दी तथा लमजुङका एक, एक जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशभरबाट २७ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् । हाल गण्डकीमा कोरोनाका ५ सय ५२ जना सक्रिय केश छन् ।

 

गण्डकी प्रदेशमा सोमबार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । सोमबार कोरोना पुष्टि हुनेमा कास्कीसहित तनहुँका ६ जना, पर्वत र स्याङजामा ४/४ जना, म्याग्दी र नवलपुरका २ जना, गोरखा, बागलुङ र लमजुङका १/१ जना रहेको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सोमबार थपिएका नयाँ संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या १७ हजार २ सय ३१ पुगेको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार आइतबार साँझसम्म ४ जना कोभिड विरामी आइसियूमा र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

कास्कीमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । चैत ३१ गते कोरोना पुष्टि भएका पोखरा २६ का ६५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको डा शर्माले जानकारी दिएका छन् ।

ती संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ । कास्कीमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ ।

करिब ६ सय जना सक्रिय कोरोना केशमध्ये पोखराकामात्रै ४ सयभन्दा बढी छन् । नेपाल सरकारले गण्डकी प्रदेशको बागलुङ र पोखरासहित १४ वटा जिल्लालाई अतिप्रभावित जिल्ला घोषणा गरेको छ ।

कोरोनाको ‘युके भेरियन्ट’ देखा परेको र फेरि महामारीको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले सोमबार शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । साथै, भिडभाडजन्य क्रियाकलाप हुने क्षेत्रहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया