बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिमा देखिएको बिबाद सार्वजनिक भएको छ।
बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही गरेपछि बिमा समितिभित्रको बिबाद सार्वजनिक भएको हो।
जथाभावी सेयर किनेको भन्दै बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही गरेको प्राप्त समाचारमा जनाइएको छ ।
समितिले अग्रवाललाई सञ्चालक पदबाट निलम्वन गरी अनुसन्धान सुरु गरेको छ । समितिको यो निर्देशनसँगै उनी सञ्चालक पदबाट निलम्बनमा परेका छन् ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सञ्चालक भएर पनि निर्देशिका विपरित सेयर कारोबार गरेको पाइएपछि कारबाही गरिएको बताए । बिमकको लगानी निर्देशिकाको विभिन्न दफाहरु उलंघन भएको समितिले जनाएको छ । उनले सिभिल बैंक र गोर्खा फाइनान्समा आफ्नै संस्थापक सेयरधनी रहे पनि दोस्रो बजारबाट सेयर खरिद गरेको समितिले फेला पारेको छ।
बिमा समितिले कारबाही गरेको भनिएका अग्रवालले भने आफूलाई गलत नियतले फसाउन खोजेको आरोप लगाए । केहि दिन अघिमात्रै सञ्चालक पदबाट राजीनामा दिन आफूलाई दवाव आएको र नदिए फसाउने चेतावनी आएको समेत उनले दावी गरे । यो हुनुमा सञ्चालक समितिका अध्यक्ष कुनल कयलको भूमिका रहेको समेत अग्रवालले टिप्पणी गरे ।
उनका अनुसार कम्पनीले तीन वटा गलत बिमा दावी भुक्तानी दिएको र त्यसलाई आफूले फिर्ता ल्याउन भूमिका खेलेपछि आफूलाई फसाउन लागिएको उनले बताए । स्रोत अनलाइनखबर डट कम