शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ४ बैशाख २०७८
  • 13.5K
    Shares

janasanchar, शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस,

उच्चस्तरीय कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।

यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ । तर सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो ।
सीसीएमसीले गरेको सिफारिस भने अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।

प्रतिक्रिया