पोखरामा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या : एकै दिन ८५ जनामा कोरोना संक्रमण

पोखरामा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या : एकै दिन ८५ जनामा कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ बैशाख २०७८
  • 5.1K
    Shares

पोखरामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ पोखरामा शुक्रबार मात्र ८५ जनालाई सहित गण्डकी प्रदेशमा एकै दिन एकसय २२ जनानयाँ कोरोना संक्रमित थपिएका छन

क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा, मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी, विध ल्याब ललितपुरमा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा एकसय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कास्कीमा ८५ जना, बाग्लुङमा ९, स्याङजामा ५ जना, नवलपुरमा ३ जना, तनहुँमा २ जना, म्याग्दीमा २ जना, पर्वतमा १, गोरखामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २०, ५५ र ५९ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । ३ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना महिला तथा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा ४ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १४ वर्षीय १ जना बालिका तथा ३८ वर्षीय १ जना महिला र १३ वर्षीय १ जना बालक तथा १६ वर्षीय १ जना किशोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ५ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९, ४२ वर्षीय २ जना, ५९, वर्षीय महिला सहित ३२ र ४२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० र ३३ वर्षीय २ जना महिला तथा ५५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । ७ नम्बर वडामा १३ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ८ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ९ वर्षीय १ जना बालिकासहित ५० वर्षीय १ जना महिला, १८ वर्षीय १ जना किशोर, ३५, ३८ र ५९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ९ मा ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४ वर्षीय १ जना बालिकासहित ३२ र ५३ वर्षीय २ जना महिला तथा ३९ र ८२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । ११ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २४ र ३९ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ मा १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १२ वर्षीय १ जना बालिका, २१, ३४, ३७ र ५९ वर्षीय महिलासहित १२ वर्षीय १ जना बालक, १५ वर्षीय २ जना बालक, १६ र १८ वर्षीय २ जना किशोर, २४, २५, ४० र ४३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १४ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ वर्षीय १ जना पुरुषसहित २६ र २९ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा महानरपालिका वडा नम्बर १५ मा ३२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१६ नम्बर वडामा २४ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ । पोखरा १७ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र ४० वर्षीय २ जना महिलासहित ३६ र ४६ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वडा नम्बर १८ मा ३९ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ मा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२, ३१, ५३ र ५९ वर्षीय महिला ४ जना महिलासहित २०, २१, ४४, ५८ र ५९ वर्षीय ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । २० नम्बर वडामा ५८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २२ मा ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । वडा नम्बर २५ मा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९, ५२ र ५५ वर्षीय ३ जना महिलासहित ९ वर्षीय १ जना बालक, १६ वार्षीय १ जना किशोर तथा ४१, ५२ र ५५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ वर्षीय १ जना महिला तथा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २७ नम्बर वडामा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २८ मा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर २९ मा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३० मा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३३ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६८ वर्षीय १ जना महिलासहित ७९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ८८ पुगेको छ । अहिले सम्म १६ हजार ४ सय १५ जना निको भएका छन् भने २ सय ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया