कोरोना संक्रमणबाट अभियानकर्मी एबम पत्रकार मिश्रको मृत्यु

कोरोना संक्रमणबाट अभियानकर्मी एबम पत्रकार मिश्रको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ बैशाख २०७८
  • 5.4K
    Shares

पत्रकार एबम अभियानकर्मी कमल मिश्र , janasanchar

कोरोना सङ्क्रमणकाकारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको काठमाण्डौस्थित शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका विर्तामोड नगरपालिका–८ निवासी पत्रकार मिश्र भारतबाट फर्किएलगत्तै बिरामी परेका थिए।  स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका मिश्रको उपचारकै क्रममा गए राति मृत्यु भएको हो ।

मिश्र विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया