विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोअपिल

विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोअपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ बैशाख २०७८
  • 3.9K
    Shares

janasanchar ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ ।

मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि हालसम्म निर्णय भइनसकेको अवस्था भएकाले भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपील गरेको हो।

जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन्। यस्ता क्षेत्रमा सहभागी नहुन भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया