हालै मात्र भारतबाट घर फर्केका पर्वतका कोरोना संक्रमित पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।
कोरोना संक्रमित पर्वतको पैयुँ-५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।
१० दिनदेखि उच्च ज्वरो आएकोमा पांच दिन अघिमात्र उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
उनमा निमोनिया र खोकीको समेत समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो ।