केही मत्थर जस्तो देखिएको कोरोन संक्रमण पोखरामा फेरी केही सक्रिय देखिन थालेको छ। लामो समयपछि पोखरामा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, पोखरा महानगरपालिका वडा नम्बर १० निवासी ७८ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको छ भने अर्का तनहुँ शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा मृत्यु हुनेको संख्य दुईसय सात पुगेको छ ।
