पोखरामा जारी १९ औं आहा रारा गोल्ड कपको उपाधि संकटा व्याइज क्लबले जितेको छ। पाहुना टोली अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै संकटा व्याइज क्लबले पोखरामा जारी १९ औं आहा रारा गोल्ड कपको उपाधि जितेको हो।
प्रतियोगिताको बिजेता संकटा व्याइज क्लबले १० लाख रुपियाँ धनराशि हात पारेको छ भने अफ्रिकन रुट्स एशोसियसनले पांच लाख रुपियाँ जितेको छ।

निर्धारित समयमा १/१ गोलको बराबरीमा चलेको खेल अतिरिक्त १५/१५ मिनेट समयमा पनि दुवै पक्षले गोल नगरेपछि खेल पेनाल्टी शुट आउटमा परिवर्तन गरेको थियो। पेनाल्टी शुट आउटमा संकटा व्याइज क्लबले अफ्रिकन रुट्स एशोसियसनलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।
खेलको ११ औँ मिनेटमा अफ्रिकन रुट्सका बासेकले पहिलो गोल गरेका थिए । खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा संकटाका ग्लोरीले गोल गरेर खेल बराबरीमा पुर्याएका थिए । खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा संकटाले गोलको बाजी मार्न सफल भयो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरेका थिए ।
यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारेका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारेका हुन ।

सर्बोत्क्रिस्ट गोल्कीपरको रुपमा संकटाका गोलकीपर राजाबाबु थापा
सर्बोत्क्रिस्ट खेलाडीको रुपमा संकटाका गोलकीपर राजाबाबु थापा