नेपालीलाई ठगी गर्ने एनआरएन पोर्चुगलका निलम्बित कोशाध्यक्ष कुँवरको नेपालस्थित घर जग्गा रोक्का गर्न नेपाल सरकारलाई आग्रह

नेपालीलाई ठगी गर्ने एनआरएन पोर्चुगलका निलम्बित कोशाध्यक्ष कुँवरको नेपालस्थित घर जग्गा रोक्का गर्न नेपाल सरकारलाई आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ चैत्र २०७७
  • 15.9K
    Shares

विक्रमजङ्ग कुँवर, एनआरएन पोर्चुगलका निलम्बित कोशाध्यक्ष

प्रबासमा रहेका दर्जनौं नेपालीलाई ठगी गरेर भागेका एनआरएन पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको नेपालस्थित घर जग्गा रोक्का गर्न प्रबासी नेपालीहरुले नेपाल सरकारलाई आग्रह गरेका छन्।

पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गर्दै नेपाल सरकारलाई त्यस्तो अनुरोध गर्ने निर्णय गरेको हो।

पोर्चुगलमा लक्ष्मी ट्राभल सञ्चालन गर्दै आएका कुँवरले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदूतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म एकसय ५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ । सञ्चालक कुँवर भने अहिले फरार छन् ।

भेलामा पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले जानकारी दिएका थिए ।

नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।

प्रतिक्रिया