१९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आगामी शनिबार पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन र संकटा व्याइज भिड्ने भएका छन् ।
पोखरा रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लवलाई २–० गोलको अन्तरमा पराजित गर्दै क्यामरुनको अफ्रिकन रुट उपाधि भिडन्तमा पुगेको हो ।
पुलिसले पोखरा रंगशालामा क्याराभान कप देखि आहा रारा गोल्डकप सम्म ६ पटक उपाधि उचालेको इतिहास छ भने ११ पटकको उपविजेता समेत हो ।
बिहिबार सम्पन्न सेमीफाइनलमा अफ्रिकन रुटका बसेक्कले खेलको तेश्रो मिनेटमा नेपाल पुलिस क्लबका बिरुद्ध पहिलो गोल गरेका थिए भने अफ्रिकन रुटका मौसाले खेलको अन्तिम सेकेन्डमा पुलिस क्लब बिरुद्ध दोश्रो गोल गरेका थिए। अफ्रिकन रुटका लागि दोश्रो गोल गरेका मोसा आजको खेलको म्यान अफ दि म्याच समेत घोषित भएका थिए ।
पहिलो पटक इतिहास रचेका संकटा र अफ्रिकन रुट्सबिचको १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल शनिबार दिनको २ बजे हुने छ । तस्विरः सुदर्शन रञ्जित