क्रिश्चियन संस्थाबाट मानार्थ डाक्टर उपाधिले विभूषित प्रम ओलीद्वारा कोरोना भगाउने अर्को घरेलु औषधिको घोषणा

क्रिश्चियन संस्थाबाट मानार्थ डाक्टर उपाधिले विभूषित प्रम ओलीद्वारा कोरोना भगाउने अर्को घरेलु औषधिको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ चैत्र २०७७
  • 6.9K
    Shares

कोरियाको काङनाम विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान मिति २०७६ जेठ १५ गते

बिस्वमा दोश्रो चरणको कोरोना संक्रमणले त्रास फैलाइरहेको बेला दक्षिण कोरियामा क्रिश्चियन संस्थाद्वारा स्थापित काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधिबाट विभूषित प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी कोरोना भगाउने घरेलु औषधिको घोषणा गरेका छन्।

काठमाडौंमा बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसको उद्घाटन गर्दै मानार्थ डा. समेत रहेका प्रम ओलीले कोरोना भगाउने घरेलु औषधिको घोषणा गरेका हुन्।

त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैज्ञानिकले बनाएको भ्याक्सिनले कोराना भाइरसबाट शतप्रतिशत सुरक्षित नहुने भन्दै घरेलु उपचारमा ध्यान दिन सुझाव दिए ।

प्रम ओलीले  कोरोनाबाट बच्न पानीको वाफ लिने, तातोपानीमा नुन हालेर उमालेको पानीले घाँटी कुल्ला गर्न सकिने सुझाब मात्र दिएनन अम्बाको पात उसिनेर बेस्सरी गर्लान गरे कोरोना भाइरस चट हुने दावी गरे । प्रधानमन्त्री ओलीले कोरोना भाइरस पहिले गएर नाकमा बस्ने हुनाले तातोपानीले नस लिँदै नाक स्याँकस्याँक गरे कोरोना भाइरसबाट बच्न सकिने बताए ।

उनले अघि भने, “‘तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, नाकमा गएर बसेको कोरोना त्यहींबाटचैट, अम्बाका दुईवटा पात उमालेर बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ, हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन।’

भारतमा कोरोना संक्रमण बढेकाले नेपालमा पनि सतर्क हुन आग्रह गर्दै प्रम ओलीले कोरोनाकै कारण जनजीवन ठप्प बनाउन सरकारको चाहना नरहेको तर यदी मानिसहरु सचेत नभए बाध्य हुनपर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसले अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रका खासै असर नगरेको पनि दावी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ डाक्टर उपाधि दिने दक्षिण  कोरियाको काङनाम विश्वविद्यालय सन् १९४६ सालमा चुङ एङ थियोलोजी इन्स्टिच्युटको नाममा क्रिश्चियन धर्मको विकासका लागि स्थापना भएको त्गियो।  त्यही विद्यालय १९७६ मा काङनम सोसियल वयलफेयरको नाममा परिवर्तन गरिएको थियो । १९९८ मा काङनम कलेजका रुपमा रहेकोमा १९९२ मा विश्वविद्यालयको मान्यता पाएको थियो । जुन निजीस्तरमा क्रिश्चियन विश्वविद्यालयका रुपमा रहेको छ ।

प्रतिक्रिया