गण्डकी प्रदेशबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा अग्रगामी भनिएको संयुक्त गठबन्धनका त्रिभुवन पौडेल र प्रदिप काफ्ले बिजयी भएका छन्। बुधबार भएको मतदानमा त्रिभुवन पौडेलले छसय ३९ र प्रदिप क़ाफ्लेले पाँचसय ५३ मत पाएर केन्द्रीय सदस्य पदमा बिजयी भएका हुन्।
पौडेल प्रेस सेन्टरका नेता हुन्, उनी नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिको निवर्तमान अध्यक्ष समेत हुन् भने काफ्ले प्रेस युनियनका नेता हुन्।
यसैबीच प्राप्त पछिल्लो जानकारी अनुसार, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको मत गणना जारी छ र कास्की समितिको पनि भर्खर मतगणना शुरु भएको छ।
गण्डकी प्रदेश समितिमा यतिबेला मतगनाना भैरहदा करीब दुईसय मत गन्न बाँकी छ। दुईसय मत गन्न बाँकी रहंदा अध्यक्ष पदमा नारायण शर्मा भन्दा दिपेन्द्र श्रेष्ठ ६० मतले पछि छन्।
कास्की जिल्ला समितिमा पनि अग्रगामी भनिएको संयुक्त गथाबन्धनकी बिमला भण्डारीले ३३ मत पाउँदा केशब लामिछानेले १७ मत पाएका छन्। यो मतगणनाको प्रारम्भिक विवरण हो। अन्तिम परिणाममा यसै भन्न सकिने अवस्था छैन।