पोखरामा शुक्रबार ६ वर्षे बालक सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षणका क्रममा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
प्राप्त विवरण अनुसार वडा न ४ ५ १० १२ १४ १५ १७ २८ मा १/१ जना पुरुष साथै २५ र २९ मा १/१ महिला रहेका छन । वडा न ९ मा २ महिला १ पुरुष , वडा न ३० मा ८ जना ३ महिला ५ पुरुष र ३३ मा ३ जना पुरुष रहेका छन । उनीहरु सवै कन्ट्रान्क्ट ट्रेसिङमा परेका हुन ।
यसै गरी तनहुँ व्यास नगरपालिका वडा न २ र ४ मा ११ जना पुरुषमा कोरोना संक्रमण थपिएका छन । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ६ सय ५३ पुगेको छ ।