एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु

एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ चैत्र २०७७
  • 8.1K
    Shares

janasanchAR ,एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणका कारण नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको निधन भएको छ ।

कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको आज बिहान निधन भएको प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्यीक्वारी बोहराले जानकारी दिइन् । नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अ’न्त्येष्टी गर्नेछ।’

रोकायालाई ज्वरो आएपछि जाँच गराउँदा को’रोना सं’क्र’मण पुष्टी भएको थियो। उनका अनुसार एक महिनाअघि रोकाया पार्टीको कामको सिलिसलामा काठमाडौ आएका थिए।

२०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका रोकायाको निधनले जिल्लाको कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको भन्दै सहपाठीहरूले दु:ख जनाएका छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए।

२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा संस्थापक अध्यक्ष रहेका रोकाया पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको रुपमा क्रियाशील रहेका थिए

प्रतिक्रिया