भारतबाट सात दिनअघि नेपाल आएकी महिलाको झापामा कोरोना संक्रमणका कारण मृत्यु

भारतबाट सात दिनअघि नेपाल आएकी महिलाको झापामा कोरोना संक्रमणका कारण मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०७७
  • 33K
    Shares

सात दिनअघि भारतबाट नेपाल आएकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाकी ३९ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईका अनुसार, कोरोना संक्रमण भएपछि बीएण्डसी अस्पतालमा उपचार हुँदा हुँदै ती मेलाको आज मृत्यु भएको थियो ।’ मृतक महिलामा कुनै दीर्घरोगको समस्या नरहेको उनले बताए ।

स्वास्थ्य जाँच गर्दा महिलालाई बुधबार कोरोना पोजेटिभ देखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, पछिल्लो २४ घन्टामा थप एकसय २० जनामा कोरोना भाइरस (कोभिड -१९)  संक्रमण देखिएको छ। २दुइहजार आठसय  ९१ स्वाब परीक्षण गराउँदा एकसय २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित संक्रमितको संख्या दुई लाख ७६ हजार पांच सय नौ पुगेको  छ।

यस्तै पछिल्लो २४ घन्टामा ८५ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या दुई  लाख ७२ हजार दुइसय ७२ पुगेको छ। यस्तै ५५ जना क्वारेन्टाइन र १२ सय १७ जना आइसोलेसनमा छन्।बुधबार एकसय ४५ जनामा कोरोना संक्रमण देखिएको थियो भने १ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया