दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक दुगड पक्राउ

दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक दुगड पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०७७
  • 9.4K
    Shares

janasanchar ,दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगड

दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरी कमलपोखरी बृत्तमा पठाएको छ।

दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरको जाहेरी परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए। दुगडले दिएको पाँच लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि पीडितले उजुरी हालेका थिए।

उनीविरुद्ध उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो।

प्रतिक्रिया