मोटो रकम असुली “सिंगापुर लैजान्छु” भनेर दुबई पुर्याई मानिसलाई अलपत्र पार्ने रिलायवल एचआर सोलुसन म्यानपावर प्रालिका सञ्चालक गुरुदत्त पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
नवलपरासी देवचुली नगरपालिका १३ घर भएका पौडेललाई प्रहरीले आइतबार साँझ काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो। उनी वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक रहेका थिए।
वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पौडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाइ ठगी गरेका थिए । प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गरिएको छ ।