प्रम ओलीले अभिभावकत्व लिएका दुई दलित बालबालिकाको परिवार उनकै नेताकाकारण उठिबास

प्रम ओलीले अभिभावकत्व लिएका दुई दलित बालबालिकाको परिवार उनकै नेताकाकारण उठिबास


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ फाल्गुन २०७७
  • 5.8K
    Shares

प्रम ओलीले अभिभावकत्व लिएका दुई दलित बालबालिकाको परिवार उनकै नेताकाकारण उठिबास

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाबक्त्व ग्रहण गरी शिक्षादीक्षा र पालनपोषणको जिम्मेवारी लिएका सिरहाका दुई जना दलित बालबालिकाको परिवार उनकै नेता-कार्यकर्ताकाकारण उठिबास भएका छन्।

प्रम ओलीले २०७५ बैशाख ५ गते अभिभाबक्त्व ग्रहण गरेका दुई दलित बालबालिकाका बाबु पवन मल्लिक (डोम) परिवारको जग्गा जमिनलाई उनकै नेता-कार्यकर्ता ले दाबी गरेपछि मल्लिक (डोम)  परिवार उठिबास भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेला उनीहरुको अभिभाबकत्व ग्रहण गरेर विद्यालय भर्ना गराएका थिए। अहिले ती बालबालिकाहरु अलपत्र परेका छन्। प्रधानमन्त्री ओली अभिभावक बनेका पवन मल्लिक (डोम) परिवारको उठिवास भएको छ।

तीन पुस्तादेखि सिरहाको कल्याणपुरमा बस्दै आएको उक्त डोम परिवारलाई प्रदेश २ सरकारको जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गरिदैछ। निर्माणाधीन त्यस घर रहेको जग्गा आफ्नो भएको दाबी गर्दै प्रम ओलीको पार्टीको स्थानीय नेताले दाबी गरेर घर निर्माणमा अवरोध गरिदिएका छन्।

भोगिन्द्र मल्लिकको घर रहेको उक्त जग्गा आफ्नो रहेको दाबीसहित नेकपाकै स्थानीय नेताले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। जसकारण उनको घर निर्माण कार्य रोकिएको छ। उनीहरु जाडोमा घर विहिन भएर बस्नु परेको स्थानीय दलित अगुवा संजय महराले हुलाकी न्यूजलाई बताए।

महराका अनुसार उक्त जग्गा भागिन्द्र मल्लिकका हजुर बुबाको नाममा रहेको छ। तर, अहिले जालझेल भएको छ। ‘पहिले उक्त जग्गा गाउँबस्तीभन्दा पर थियो। अहिले बस्तीकै बिचमा रहेको छ। त्यसकारण उक्त डोम परिवारलाई त्यहाँबाट हटाउन खोजिएको छ।’ महराले भने,‘यसमा प्रधानमन्त्री ओलीकै पार्टीका कार्यकर्ताहरु सक्रिय भएका छन्।’

प्रतिक्रिया