राष्ट्रिय मावि परीक्षा प्रकरण : परीक्षा लिन होटलमा पुर्याइएकी छात्रामाथि जबर्जस्ती गर्न खोज्ने शिक्षक कारागार चलान, अरु धरौटीमा छुटे

राष्ट्रिय मावि परीक्षा प्रकरण : परीक्षा लिन होटलमा पुर्याइएकी छात्रामाथि जबर्जस्ती गर्न खोज्ने शिक्षक कारागार चलान, अरु धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ फाल्गुन २०७७
  • 10K
    Shares

राष्ट्रिय माध्यामिक विद्यालय पोखरा

विद्यार्थीलाई होटलमा लगेर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका राष्ट्रिय उच्च मावि टुँडिखेलका शिक्षक शिरिषकुमार बस्ताकोटी बिहीबार कारागार चलान भएका छन्। उनलाई पुर्पक्षमा रहने गरी थुनामा राख्न कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आदेश दिएपछि कास्की जिल्ला कारागार चलान भएका हुन्।

शिक्षक बस्ताकोटीसंगै पक्राउ परेका सोही बिद्यालयका प्रधानाध्यापक एबम परीक्षा केन्द्र प्रमुख सुर्यप्रसाद तिवारी, सहायक परीक्षा केन्द्र प्रमुख घनश्याम रेग्मी र परीक्षा दिएकी छात्रा भने धरौटीमा छुटेका छन्।  उनीहरुलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएपछि उनीहरु अदालतको आदेश बमोजिम धरौटी राखेर तारेखमा छुटेको प्राप्त समाचारामा जनाइएको छ।  अदालतको आदेश बमोजिम शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मीसँग जनही ७५/७५ हजार, प्रअ तिवारीसँग ५० हजार तथा छात्रसंग ५० हजार धरौटी मागेको थियो । बस्ताकोटीबाहेक अरु सबैजना धरौटी तिरेर छुटेका छन् ।

प्रहरीले आबश्यक अनुसन्धान पश्चात शिक्षक बस्ताकोतीबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमार्फत जिल्ला अदालत कास्कीमा परीक्षा होटलको कोठामा लिई बियर र मासु खाएर छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप लगाउदै मुद्दा चलाएको थियो।  उनीसंग अदालतले परीक्षा अमर्यादित गरेको आरोपमा ७५ हजार रुपियाँ धरौटी माग गरेको भए पनि जबरजस्ती गर्ने प्रयास गरेको आरोपमा भने पुर्पक्षका लागि कारागार चलान गरेको बताइएको छ। अन्य तीन जनालाई भने परिक्षा अमर्यादित गरेको आरोप लगाइएकोमा पछी ठहरे बमोजिम हुने गरी  धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको थियो।

अदालतका सूचना अधिकारी नील पनेरुका अनुसार, मौका परीक्षा विद्यालयले विद्यालयमै लिनुपर्नेमा राष्ट्रिय उच्च मावि को कक्षा ११ मा अध्ययनरत छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले मंसिर १२ गते रुपाताल किनारको एक होटलमा लगेका थिए । परीक्षा होटलको कोठामा लिई बियर र मासु खाएर छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीलाई थियो । तर शिक्षक बस्ताकोटीले अदालती बयानमा आफूमाथिको आरोप झुठो भएको बयान दिएका थिए । बस्ताकोटीले विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन अह्राएको पनि उनको बयान थियो ।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार