नायिका करिश्मा मानन्धरलाई महानायिका घोषित गरिएको छ। सञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के ईण्टरटेन्मेण्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेपाली चलचित्र जगतका महानायक राजेश हमालले करिश्मा मानन्धरलाई महानायिक घोषणा गरेका हुन् ।

महानायक हमालले समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यासेले सम्मानित गरेका थिए भने सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले माला पहिराएका थिए।
महानायक राजेश हमालको जोडी बनेर नेपाली चलचित्र उधोगलाई धेरै हिट फिल्म दिएकी अभिनेत्री करिश्मा मानन्धरलाई सोही कारण महानायिकाको उपाधि प्रदान गरिएको आयोजक सस्थाका अध्यक्ष राम केसी ‘लक्की’ले बताए ।
१४ वर्षकोमर्मा २०४५ सालदेखि अभिनय यात्रा शुरु गरेकी अभिनेत्री करिश्मा न्धर चलचित्र ‘सान्तन’बाट नायिकाको रुपमा डेब्यु गरेकी थिईन् । तीन दशक भन्दा लामो समयदेखि नायिकाको रुपमा अनबरत सक्रिय नायिका करिश्मा मानन्धर अभिनित धेरै चलचित्र सफल मानिन्छन।


