प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले देखाए सिरहामा कालोझण्डा

प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले देखाए सिरहामा कालोझण्डा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ माघ २०७७
  • 2.7K
    Shares

केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले सोमबार सिरहामा कालोझण्डा देखाएका छन् ।

तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

स्व।यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

प्रहरीले कालोझण्डा देखाउने ५÷६ युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

प्रतिक्रिया