प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष रेग्मी पक्राउ

प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष रेग्मी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ पुष २०७७
  • 8.2K
    Shares

लिना शर्मा रेग्मी

प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया