पोखरामा कोरोना भाइरस संक्रमण घट्दै, १२ जना नयाँ संक्रमित थपिए

पोखरामा कोरोना भाइरस संक्रमण घट्दै, १२ जना नयाँ संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० पुष २०७७
  • 3.8K
    Shares

जाडो याम शुरु भएसंगे कोरोना भाइरस संक्रमण बढ्ने अनुमान गरिएको भए पनि पोखरामा कोरोना भाइरस संक्रमणको डर घट्दो देखिएको छ।

पोखरामा १२ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउँसो थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ५ का १ पुरुष, ७ का १ पुरुष, ९ का १ पुरुष, १२ की १ महिला, १५ की १ महिला, १७ का १ पुरुष, १९ की १ महिला, २५ का ३ महिला, २६ की १ महिला, २७ का १ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँ बन्दीपुरकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १४ हजार २ सय ५५ पुगेको छ ।

प्रतिक्रिया