कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तीन जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ पुष २०७७
  • 4.4K
    Shares

कोरोनाले तीन जनाको मृत्यु

हिउद्को चिसो बढे संगै कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा तनहुँका दूइ र स्याङजाका एकसहित तीन जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, कोरोना संक्रमणबाट तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार, पुस ८ गते कोरोना संक्रमण पुष्टि भै उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५:२० बजे निधन भएको हो। त्यस्तै पुस ५ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागी भर्ना भएका स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८:२० बजे मृत्यु भएको हो ।

त्यस्तै तनहुँको शुक्लागंदकी नगरपालिका वडा नम्बर ५ का ७१ बर्षीय वृद्धको पनि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशानालयले जनाएको छ। उनी कोरोना संक्रमित भी पुष ४ गते पोखरा स्वास्थ्य प्रतिष्ठानमा भर्ना भएका थिए।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकसय ९१ पुगेको छ ।

प्रतिक्रिया