संसद भंग भएपछि विप्लवको प्रस्ताव-‘देशभक्त शक्तिहरु नयाँ आधारमा सहकार्य गरौं’

संसद भंग भएपछि विप्लवको प्रस्ताव-‘देशभक्त शक्तिहरु नयाँ आधारमा सहकार्य गरौं’


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ पुष २०७७
  • 8.6K
    Shares

बिप्लव

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भंग गरेपछि विद्रोही नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन्।

आइतबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेको बताएका छन्।

साथै विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडी बढ्न तयार रहेको प्रस्ताव समेत गरेका छन्।

प्रतिक्रिया