समानुपातिक र समाबेशी हुनुपर्ने लगायतका मागहरु राखेर १० बर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रमा अहिले आएर समाबेशिताको बिषयमा चर्को बिबाद शुरु भएको छ l केन्द्रको बैठकमा समावेशिताको विषयलाई लिएर चर्को विवाद शुरु भएको हो । माओवादीको निकट भविष्यमै हुने भनिएको गाउँ तथा जिल्ला अधिवेशनको लागि बनाइएको आन्तरिक निर्वाचन र सङ्गठनात्मक कार्यविधिमा नेताहरुबीच विवाद देखिएको हो ।
बैठकमा कार्यविधिमा आवश्यकता भन्दा बढी समावेशितालाई जोड दिइएको तर कम्युनिष्ट सिद्धान्तलाई ध्यान नदिइएको भन्दै गैरजनजाती पृष्ठभूमिका नेताहरुले असन्तुष्टि जनाएको प्राप्त समाचारमा जनाइएको छ ।
गाउँदेखि जिल्लासम्मको अधिवेशन गर्न संगठन र कार्यविधि कस्तो बनाउने भन्ने सवालमा कार्यविधि तय गर्न माओवादीले नेता वर्षमान पुनको नेतृत्वमा हितमान शाक्य, आहुतीलगायत सदस्य रहेको समिति गठन गरेको थियो ।
समितिले कार्यविधि पार्टीलाई बुझाएपछि सो बारे आजको केन्द्रीय कार्यालयले छलफल गरी टुंग्याउने तय भएपनि विवाद भएपछि बैठक निश्कर्षविहिन बनेको एक नेताले बताए ।
ती नेताका अनुसार कार्यविधिमा कम्युनिष्ट सिद्धान्तलाई भुलेर आवश्यकता भन्दा बढी समावेशितालाई ध्यान दिइएको छ ।